उतारचढावपछि नेप्से स्थिर, पौने ८ अर्बको कारोबार



काठमाडौं । बुधबार भारी अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार उतारचढावपछि स्थिर देखिएको छ ।

नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको छ ।

उपसूचकमा बैंकिङ र फाइनान्स समूहबाहेक सबैमा गिरावट देखिएको छ । २ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको सकारात्मक प्रभाव बैंकिङ समूहमा देखिएको छ ।

यो दिनको कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने


क्लिकमान्डु