मोटा धानको प्रतिक्विन्टलको मूल्य २७५२ रुपैयाँ !



काठमाडौं । चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रालयले यो वर्षको मोटा धानको प्रति क्विन्टल मूल्य २ हजार ७५२ रुपैयाँ तोकेको छ ।

त्यस्तै, मन्त्रालयले मध्यम किसिमको धानको मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

उक्त तोकिएको धानको न्यूनतम मूल्य गत वर्षको तुलनामा बढी हो । प्रवक्ता सञ्जेलअनुसार यस वर्ष तोकिएको धानको सर्मथन मूल्य गत वर्षकोभन्दा प्रति क्विन्टल १७ रुपैयाँले बढी रहेको छ ।

सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य २ हजार ८८५ रुपैयाँले तोकेको थियो ।


क्लिकमान्डु