लस्कर फुड्सले ल्यायो आकर्षक अफर



काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानामा बिशेष छुट ल्याएको छ ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फूड्सले आजदेखि अनलाइन प्रतियोगिता समेतको आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्नेछन् ।

१५०० रुपैयाँ बराबरको खानेकुरा एपबाट मगाएर वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्ती बताउँछन् । दशैं तिहार जस्ता चाड नजिकिएसँगै क्रमशः विभिन्न अफरहरु ल्याउँदै जाने प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्सको प्रमुख आकर्षणनै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत् घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ ।

लस्कर फुड्सले खाना पुर्याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।


क्लिकमान्डु