धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गर्ने समूहबीच सहमति



काठमाडौं । धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गरिरहेको समूहबीच सहमति भएको छ ।

सेयर बजारका केही लगानीकर्ताहरुले पूँजीबजार सुधार संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए ।


धितोपत्र बोर्डले समितिले पेश गरेको मागलाई ५ कार्यदिनभित्र नियम अनुसार बोर्डले अगाडि बढाउने सहमति भएको छ ।

संघर्ष समितिले अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहितको १८ वटा बुँदा माग राखेर आन्दोलनमा उत्रेका थिए ।


क्लिकमान्डु