अशोक लेलैण्ड दशैं तिहारको बहार, सियोर सटका साथै बम्पर उपहार



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी छानी लान सक्नुकिनेछ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्टफोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ । ग्राहकहरुले प्रत्येक आइसीभी हाउलेज, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रोम्याक्स अथवा टीभीएस एनट्राक स्कुटर पाउन सक्नेछन् ।

साथै, माथि उल्लेखित गाडीमध्ये आइसीभी हाउलेज, एमसीभी टिप्पर वा बसमध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पलको म्याक बुक प्रोका साथै आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउने सक्नेछन् ।

कुनै पनि एचसीभी साथै आइसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स वा टीभीएस एनट्राक स्कुटर पाउन सकिनेछ ।

त्यस्तै गरी दुई वटा एचसीभी र आइसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसीको बुलेट बाइक पनि पाउन सकिनेछ ।

एचसीभी र आइसीभी टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहारभन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिनेछ ।

यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।


क्लिकमान्डु