नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ-वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया कार्यक्रम



काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्कि्रया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदमहरु र उपलब्ध कर्जाबारेमा जानकारी गराएइएको थियो ।

वूमन लिडरसिप संयोजक छाँया शर्मा र सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थितमा भएको कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो ।

कार्यक्रमको शुरुवात गर्दै सीएनआई वूमन लिडरसिप फोरम संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुका साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने कामना गरिन् ।

साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँ गाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको शुरुवात गरेको हो ।

सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम शुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु