बुटवल उपमहानगरपालिकाको मेयर सुवेदीमाथि मुक्का प्रहार



काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदी मुक्का प्रहार गरेका हुन् ।

सोमबार विहान पहिरो अवलोकन गर्न पुगेका सुवेदीलाई स्थानीय युवाले मुक्का प्रहार गरेका थिए ।

भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।


क्लिकमान्डु