एनसीएचसएल प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने



नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आइपिएएसमा ३ बजेसम्म कारोबार हुने भएको छ ।

बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरेको छ ।

सोही व्यवस्था अनुसार एनसीएचएल आइपिएस प्रणालीमाबिहानको ९ बजे देखि दिनको ३ बजेसम्म (आईतबार देखि बिहिबार सम्म नेपाली मुद्रा, र सोमबार देखि बिहिबार सम्म वैदेशिक मुद्रा)प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टि प्लस जिरो) नै फर्छौट हुने व्यवस्था गरेको छ ।

यस अघि बिहानको १० बजे देखि दिनको १ सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुनेगरेको छ । उक्त समय सीमा बृद्धी पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ । त्यसै गरी दिनको ३स्३० बजेसम्म प्राप्त भएकाबैकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् ।शुक्रबारको दिन १२:३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै एनसीएचएल आइपिएसमा बृद्धि भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ ।

एनसीएचएल आइपिएस मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/ पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ । हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्ब सम्म गर्न सकिन्छ ।


क्लिकमान्डु