पोखरामा बन्दैछ एकैसाथ तीन जना खेल्न मिल्ने ‘जायन्ट स्वीङ’, दशैं अगाडि शुरु हुने



काठमाडौं । पर्यटकीय गन्तव्य पोखरा पछिल्लो समय एड्भेञ्चर टुरिजमका लागि पनि गन्तव्य बन्दै गइरहेको छ । पोखरा पुग्ने पर्यटकले अब पोखराको सौन्दर्यसँगै एड्भेञ्चर टुरिजमको पनि मजा लिन पाउने भएका छन् ।

यसअघि जीपलाइन, बञ्जीजम्पसँगै यतिबेला जायन्ट स्वीङ समेत निर्माण भइरहेको छ । जीपलाइन सञ्चालन गरिरहेको कम्पनी हाइग्राउण्ड एड्भेञ्चर नेपालले हेम्जामा जायन्ट स्वीङ समेत निर्माण गर्न लागेको हो । कम्पनीले यसको निर्माण शुरु गरिसकेको छ ।

कम्पनीका सीओओ दिनेश महर्जनका अनुसार दशैंलाई लक्षित गरी त्यसअघि नै निर्र्माण सक्ने र सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।

‘जीप लाइन र बञ्जीजम्पसँगै अब जायन्ट स्वीङको पनि अनुभव गर्न सकिनेछ । यसका लागि अहिले धमाधम काम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार ६० फिट उचाइबाट उचाइबाट स्वीङ गर्न सकिनेछ । यसका लागि सुरक्षाका सबै मापदण्ड पूरा गरी सञ्चालन गरिनेछ ।

‘६० फिट उचाइबाट स्वीङ हुन्छ र ६० फिट नै अगाडि जान्छ,’ महर्जनले भने, ‘सुरक्षाका सबै मापदण्ड पूरा गरी सञ्चालन गर्नेछौं ।’

उनले स्वीङ गर्न चाहनेका लागि अहिले नै शुल्क नतोकिए पनि २ हजारदेखि ३ हजार रुपैयाँसम्म शुल्क हुन सक्ने बताए ।


क्लिकमान्डु