संविधान दिवसमा राष्ट्रपतिद्धारा मान पदवी घोषणा, कुन व्यवसायीले के पाए ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई मान पदवी तथा पदकद्धारा विभूषित गर्ने भएकी छन् । गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिद्धारा घोषणा हुने विभिन्न पदक तथा मान पदकमा यो वर्ष पहिलो श्रेणीको नेपाल रत्नद्धारा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मरोणोपरान्त प्रदान गरिने भएको छ ।

यस्तै दोस्रो तहको राष्ट्र गौरव मन्त्रीपरिषद्का पूर्व अध्यक्ष सुवर्ण शमशेर राणा मरोणेपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।
विभिन्न क्षेत्रका व्यक्तिले संविधान दिवसको अवसरमा मान पदवी पाएका छन् ।

यो पटक व्यवसायीहरुले पनि विभिन्न तहको मानपदवी पाएका छन् । व्यवसायी देवीप्रकाश भट्चन,उपेन्द्र महतो,कैलाश शिरोरिया,रामेश्वर थापाले ७ औ तहको सुर्कीर्तिमय राष्ट्रदिप सम्मान पाउने भएका छन् ।

यस्तै चेम्बर पूर्व अध्यक्ष सुरेन्द्रविर मालाकार र कैलाशचन्द्र गोयलले पनि सोही सम्मान पाउने भएका छन् ।

सुप्रवल जनश्रेवाश्री नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले पाएका छन् । व्यवसायीहरु राजेन्द्र खेतान,शिवरतन शारडा,साहिल अग्रवाल तथा मिडिया व्यवसायी विनोद ज्ञवाली तथान मिडिया व्यवसायी तथा पत्रकार कृष्णज्वाला देवकोटाले पनि सुप्रवल जनश्रेवाश्री पाएका छन् ।

यस्तै व्यवसायीहरु सञ्जयकुमार खेतान,मोतिलाल दुगड,बिष्णुप्रसाद न्यौपाने,राजु ढकाल तथा गोकुल भण्डारी,गोविन्द गोइन्का र नारायण अग्रवाल,अम्बिकाप्रसाद पौडेलले प्रवल जनसेवाश्रीबाट सम्मान पाएका छन् ।

यस्तै बैंकरहरु उपेन्द्र पौडेल,रविनादेशराज श्रेष्ठले पनि प्रवल जनसेवाश्री पाएका छन् । यस्तै बीमा कम्पनीका सीइओहरु दिप पाण्डे र सुनिलबल्लव पन्तले पनि प्रवल जनसेवाश्री पाएका छन् । सौरभ दुगड र देवकिशोर मुन्दडाले पनि प्रवल जनसेवाश्री पाएका छन् ।


क्लिकमान्डु