सेयर बजारमा बीमा कम्पनीहरुको १४ अर्ब बढी लगानी, कुन कम्पनीको कति ?



काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ बढी लगानी गरेका हुन् ।

बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५’ जारी गर्दै तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार, नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न पाउने सुविधा दिएको छ । जसअनुसार बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा कुल टेक्निकल रिर्जभको २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

सोही दायरामा रहेर बीमा कम्पनीहरुले गत आवमा पब्लिक कम्पनीहरुको साधारण सेयरमा दोस्रो बजारमार्फत् लगानी गरेका हुन् ।

गत आवमा बीमा कम्पनीहरुले कुल ४ खर्ब ६ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ लगानी गरेका थिए । जसको ३.४८ प्रतिशत लगानीको हिस्सा सुचिकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा बीमा कम्पनीहरुले लगानी गरेका छन् ।

हाल पुनर्बीमा कम्पनीसहित १९ जीवन र २० वटा निर्जीवन गरी ४० वटा बीमा कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् । बीमा समितिद्वारा प्राप्त तथ्यांकअनुसार सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्म २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । सो अवधिमा जीवन बीमा कम्पनीहरुले भने ११ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ सेयर बजारमार्फत् सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरका छन् ।

समितिद्वारा प्राप्त तथ्यांकमा मेट लाइफ, एभरेष्ट इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र दि ओरिएण्टल इन्स्योरेन्सको विवरण समावेश गरिएको छैन ।

जीवन बीमा कम्पनीहरुको सेयरमा लगानी, कुन को कति ?

सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुमध्ये गत आवमा सबैभन्दा बढी सेयर बजारमा लगानी नेपाल लाइफले र सबैभन्दा थोरै प्राइम लाइफले गरेका छन् । सो अवधिमा नेपाल लाईफले ३ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ सेयर बजारमा लगानी गर्दा प्राइम लाइफले ९ लाख १५ हजार रुपैयाँमात्र सेयर बजारमा लगानी गरेको छ ।

सेयर बजारमा गत बर्ष सबैभन्दा बढी लगानी गर्ने सुचीको दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी र तेस्रो नम्बरमा एशियन लाइफ रहेको छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आवमा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ र एशियन लाइफले १ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।

यस बाहेकका अन्य कम्पनीहरुमा ३ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म, ६ वटा कम्पनीले १० करोड रुपैयाँमाथि ३५ करोड रुपैयाँसम्म, ५ वटा कम्पनीले १ करोडदेखि ९ करोड रुपैयाँसम्म र २ वटाले १ करोड रुपैयाँभन्दा कम सेयर बजारमा लगानी गरेका छन् ।

बीमकको   नामसुचीकृत   पब्लिक लि.कम्पनीको
 कुल   लगानी   रकम
   
मेट लाइफ22,593,516
नेपाल लाइफ342515192,245,374
लाइफ इन्स्योरेन्स कर्पोरेशन266701664,897,075
एशियन लाइफ158709724,600,173
नेशनल लाइफ137813739,536,433
राष्टि«य बीमा संस्थान113907031,589,314
प्रभु लाइफ3312063,897,617
सूर्या लाइफ33088310,970,681
गूरांस लाइफ30694611,101,963
यूनियन लाइफ2830097,819,822
सन नेपाल लाइफ1158963,667,985
आइएमई लाइफ1128723,876,797
रिलायबल नेपाल लाइफ845695,103,212
सिटिजन लाइफ775245,702,068
ज्योती लाइफ485925,809,198
सानिमा लाइफ206423,360,735
रिलायन्स लाइफ175904,205,690
महालक्ष्मी लाइफ97532,382,095
प्राइम लाइफ91515,975
 11936868343,375,723
प्रतिशतमा3100.00

कुन निर्जीवन बीमा कम्पनीको सेयरमा कति लगानी ?

गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख रुपैयाँदेखि ८६ करोड रुपैयाँसम्म सेयर बजारमा लगानी गरेका छन् । जसमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले गरेको हो ।

गत आवको असार मसान्तसम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले ८५ करोड ९५ लाख रुपैयाँ, दोस्रोमा शिखर इन्स्योरेन्सले ३७ करोड १९ लाख रुपैयाँ र तेस्रोमा प्रभु इन्स्योरेन्सले २६ करोड ६४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

यसबाहेक ४ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा बढी १६ करोड रुपैयाँसम्म, १० वटाले २ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म र सानिमा जनरलले ११ लाख ९५ हजार रुपैयाँमात्र सेयर बजारमा लगानी गरेको छ ।

बीमकको   नाम    सुचीकृत पब्लिक .कम्पनीकोसाधारणा   शेयरकुल लगानी   
 
नेपाल इन्स्योरेन्स107,7262,394,011
दि ओरिएण्टल इन्स्योरेन्स2,539,912
राष्टि«य बीमा कम्पनी859,5245,569,427
नेशनल इन्स्योरेन्स2,110,828
हिमालयन जनरल इन्स्योरेन्स28,8821,843,173
यूनाईटेड इन्स्योरेन्स48,2091,743,997
प्रिमियर इन्स्योरेन्स.151,2782,820,861
एभरेष्ट इन्स्योरेन्स1,511,794
नेको इन्स्योरेन्स92,7813,705,565
सगरमाथा इन्स्योरेन्स135,0322,942,546
प्रभू इन्स्योरेन्स266,4261,262,764
आइएमई जनरल इन्स्योरेन्स49,7871,463,287
प्रूडेन्सियल इन्स्योरेन्स107,8711,592,597
शिखर इन्स्योरेन्स371,9163,385,184
लूम्विनी जनरल इन्स्योरेन्स24,6672,075,559
एन.एल.जी. इन्स्योरेन्स85,1842,497,692
सिद्धार्थ इन्स्योरेन्स42,5873,020,401
सानिमा जनरल इन्स्योरेन्स1,1951,301,673
जनरल इन्स्योरेन्स इन्स्योरेन्स21,8651,214,730
अजोड इस्योरेन्स इन्स्योरेन्स20,3241,434,141
नेपाल पुनर्बीमा94,71816,964,106
जम्मा2,509,97263,394,248
प्रतिशतमा3.96100.00


क्लिकमान्डु