विराटनगरको सनिहाटमा सीइले २७ युनिटको हाउजिङ बनाउँदै, मूल्य पौने ३ करोड



काठमाडौं । विगत लामो समयदेखि व्यवस्थित तथा सुरक्षित आवासको क्षेत्रमा काम गर्दै आएको सीई कन्स्ट्रक्सनले विराटनगर नयाँ प्रोजेक्ट शुरू गरेको छ । उपत्यकामा मात्रै नभएर देशभरका ठूला–ठूला सहरमा हाउजिङ र अपार्टमेन्ट बनाउँदै आएको सीईले विराटनगरको सनिहाटमा सीई कोलोनी अर्थात् हाउजिङ निर्माण गर्ने भएको छ ।

कम्पनीका अनुसार सीईले विराटनगर ७ सनिहाट मार्गमा पहिलो व्यवस्थित सीई कोलोनी बनाउने भएको जनाएको छ । जसमा कम्पनीले उक्त क्षेत्रमा साढे ४ आनादेखि ८ आनाको जग्गामा साढे दुई तल्लाको घर बनाउने भएको छ । कम्पनीका बजार प्रबन्धक सञ्जिता डंगोलका अनुसार उक्त घरको निर्माण कार्य गत वैशाखदेखि शुरू गरेको बताइन् ।

‘पछिल्लो समय व्यवस्थित आवासमा मानिसहरूको आकर्षण बढ्दै गएपछि कम्पनीले विभिन्न स्थानका अध्ययन गरेर हाउजिङ र अपार्टमेन्टको विकास गरिरहेका छन्,’ उनले भनिन्, ‘त्यसैले आगामी दिनमा विराटनगरमा मात्रै अन्य स्थानमा पनि सीई कन्स्ट्रक्सनले हाउजिङ र अपार्टमेन्ट निर्माण गर्नेछन् ।’

कम्पनीका अनुसार उक्त क्षेत्रमा २ हजार ४५ वर्गफिट र २३ सय ९ वर्गफिटमा २ प्रकारका घर निर्माण बन्नेछन् । जसमा कम्पनीले २७ वटा युनिट बनाउने भएका छन् । कम्पनीले निर्माण गरिरहेको हाउजिङको बुकिङ खुल्ला गरेसँगै हालसम्ममा ३ वटा युनिट बिक्री भइरहेको डंगोलले जानकारी दिइन् ।

निर्माण भइरहेको कोलोनीको मूल्य शुरुवाती मूल्य २ करोडदेखि २ करोड ७० लाख तोकेको छ । सीईले विराटनगरका व्यवसायी सुरेश राठीसँगको सहकार्यमा सो हाउजिङ निर्माण गर्ने भएको हो ।

कम्पनीले गत वैशाखबाट निर्माण कार्य शुरु गरेको छ भने आगामी दुई वर्षमा कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने तयारीमा रहेको डंगोलको भनाइ छ । हाल कम्पनीले २ करोडदेखि २ करोड ७० लाख रुपैयाँसम्म घरको जग्गा र बनावटको हिसाबले मूल्य तोकेको छ । जसमा ग्राहकले अहिले नै बुकिङ गरेमा लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

निर्माण गर्नका लागि दुई वर्ष लाग्ने भएकाले आगामी दुई वर्षमा सो हाउजिङको मूल्य बढ्ने कम्पनीको दाबी छ ।

यस्तो हुनेछ सुविधा
कम्पनीले निर्माण गरिरहेको हाउजिङमा विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । विराटनगरकै पहिलो व्यवस्थित सामुदायिक हाउजिङ भएकाले सेवा सुविधाको व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खुल्ला क्षेत्र, पार्किङसहित आधुनिक सेवा सुविधामा हाउजिङ निर्माण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले लक्जरीको सुविधासहित आरामदायी सेवा सुविधाको व्यवस्था गरेको छ । त्यसमा कम्पनीले व्यवस्थित गार्डेन, सडक, खानेपानी र ढलको व्यवस्था गरेको छ । साथै, ५ प्रतिशत डेडिकेटेड ओपन स्पेस तथा ग्रीनरी, मुख्य सडक ८ मिटर र भित्री सडकहरू ६ मिटरका हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु