यी १२ भुक्तानी सेवा प्रदायकबाट तिर्न सकिन्छ, बिजुलीको महशुल



काठमाडौं । सरकारी कामकाज विद्युतीय प्रणालीमा नै शुरुवात भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले पनि महशुल भुक्तानीका लागि विभिन्न १२ वटा सेवा प्रदायक छनोट गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ५०० रुपैयाँसम्मको महशुलका लागि कुनै पनि थप शुल्क तिर्नुपर्दैन । तर, ५०१ रुपैयाँदेखि ५ लाखसम्मको भुक्तानीमा प्रति कारोबार भने अधिकतम ५ रुपैयाँ थप शुल्क लाग्छ ।

प्राधिकरणका अनुसार छनौट भएका १२ सेवा प्रदायकमा स्प्यारो पे, ई सेवा, सजिलो पे, सेलकम प्रा लि, आईएमइ डिजिटल सोलुसन, हिमालयन बैंक रहेका छन् ।

यस्तै,नेपाल डिजिटल पेमेण्ट कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, पेवेल, आइक्यास प्रालि र महालक्ष्मी विकास बैंक रहेका छन् । ती मध्ये पेवेलमा १००० रुपैयाँसम्मको महशुल भुक्तानीमा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ । सजिलो पेबाट भुक्तानी गर्दा ५०१ देखि ५ लाखसम्मको कारोबारमा मात्रै ४.८० पैसा थप शुल्क लाग्नेछ ।

विद्युत् महशुल सहज रुपमा उठोस र ग्राहकलाई कुनै पनि समस्या नहोस् भन्ने ध्येयका साथ भुक्तानी सेवा प्रदायक छनौट गरिएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु