पद्मा कोलोनीको चौथो फेजका हाउजिङको बुकिङ खुल्ला, शुरुवाती मूल्य २ करोड



काठमाडौं । बढ्दो जनसंख्या र अव्यवस्थित बसोबासका कारण कुरुप बन्दै गइरहेको सहरमा मानिसहरु यतिबेला सुरक्षित र व्यवस्थित बसोबासमा बढी आकर्षित हुन थालेका छन् । राजधानी जस्तो ठाउँमा भनेको ठाउँमा जग्गा नपाइने र भने जस्तो बसोबास नुहुँदा सुरक्षित र व्यवस्थित बसोबासको कमी रहेको अवस्था छ ।

पछिल्लो समय व्यवस्थित बसोबासमा आकर्षण बढ्दै जाँदा सहरमा अपार्टमेन्ट र हाउजिङको निर्माणले पनि गति लिएको पाइन्छ । विभिन्न कम्पनीहरुले व्यवस्थित बसोबासलाई ध्यानमा राख्दै अपार्टमेन्ट र हाउजिङ निर्माणमा समेत ध्यान दिन थालेको पाइन्छ ।

व्यवस्थित बसोबासको यही चाहनालाई पूरा गर्ने उद्देश्यले पद्मा कोलोनीले व्यवस्थित हाउजिङ निर्माण गरिएको छ । जसमा अहिले कम्पनीले चौथो फेजमा निर्माण भइरहेका हाउजिङको बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले नागार्जुन नगरपालिकाको टौखेलमा निर्माणाधीन कोलोनीले चौथो फेजको हाउजिङको बुकिङ खुल्ला गरेको हो ।

विभिन्न चरणमा विभिन्न स्थानमा हाउजिङ निर्माण गर्दै आएको पद्मा कोलोनीले चौथो चरणको कोलोनीमा विभिन्न सुविधासहित निर्माण गर्ने भएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा सितापाइला, ललितपुरको कुसुन्ती र तेस्रो चरणमा नागार्जुन नगरापलिकाको रामकोटमा निर्माण गरी बिक्री गरिसकेको छ । त्यसमा तेस्रो चरणमा निर्माण गरेका केही घरहरू बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ । हाउजिङमा विशेष छुटसहित बिक्री खुल्ला गरिएको हो ।

कम्पनीका सिनियर मार्केटिङ अफिसर सरस्वती महर्जनले चौथो चरणको निर्माणाधीन घरहरूको बुकिङ खुल्ला गरेको बताइन् । कम्पनीले सो क्षेत्रमा ७० वटा युनिट बनाउने छ । ३ आनादेखि ५ आना क्षेत्रफल जग्गामा निर्माण भइरहेको सो घर दुई तल्लाको बन्नेछ । जसमा कम्पनीले जग्गा र घरअनुसार मूल्य २ करोडदेखि ३ करोड ५० लाखसम्मको बन्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ननफर्निसिङ, सेमिफर्निसिङ र फुल्ली फर्निसिङसहितको घर बनाउने भएकाले ग्राहकलाई फरक–फरक मूल्य पर्ने उनले बताइन् ।
‘सामान्यतया कम्पनीले पहिलो घरको शुरुवाती मूल्य २ करोड राखेको छ,’ उनले भनिन्, ‘जसमा उक्त निर्माण भइरहेको घरको बनावट र फर्निचरको आधारमा मूल्य तय हुनेछ ।’

कम्पनीले सम्पूर्ण घरहरू निर्माण गरी हस्तान्तरण गर्ने भएकाले सो कार्य सम्पन्नका लागि धमाधम कामहरू भइरहेको बताइन् । कम्पनीले हाउजिङ खुल्ला गरेपश्चात हालसम्ममा दुई वटा घरको बुकिङ भइसकेको उनले जानकारी दिइन् ।

यस्ता छन् सुविधा
३ आनादेखि ५ आनासम्म दुई तल्ला बन्ने सो घरमा ३ वटा बेडरुमसहित हल, किचन भएको र ४ वटा बेडरुमसहित, हल र किचनसहितका गरी २ प्रकारका घर बन्नेछ ।

कम्पनीले निर्माण गरिरहेको टौखेलमा रमणीय दृश्य देखिने हाइटमा रहेको छ । कोलनीबाट रमणीय दृश्यावलोकन गर्न सकिने मौसमको हिसाबले पनि अत्यन्तै शान्त र सितल वातावरण समेत भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सीतापाइला रहेको नागार्जुन डाँडाँको काखमा अवस्थित अत्याधुनिक सुविधासम्पन्न घरहरूको विशेष छुटका साथ दशैं तिहारमै सर्ने सकिने घरहरूमा उल्लेखित विशेष सुविधासमेत समावेश गरिएको हो ।

कम्पनीले वस्तुशास्त्रलाई मध्यनजर निर्माण गरेको उल्लेख गरेको दाबी गरेको छ । त्यस्तै उक्त घरहरू भूकम्प प्रतिरोधी समेत भएको कम्पनीको भनाइ छ ।

साथै बसोबासको लागि निकै मनोरम र सुरक्षित हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार निर्माण भइरहेको हाउजिङमा बिहानदेखि बेलुकासम्म घाम नछेकिने, बैंकिङ सुविधा, स्वीमिङपुल, जीम र योग हल, बगैंचा तथा बालबालिका मनोरञ्जन गर्ने स्थलको व्यवस्था हुने जनाएको छ । साथै २४सै घण्टा सिसिटिभीको निगरानी र सेक्यूरिटी गार्डको पनि व्यवस्था हुनेछ । साथै ढलको उचित व्यवस्थापनसहित पानीको पनि सहजको व्यवस्थापन हुने कम्पनीले जनाएको छ ।

हरियाली डाँडाले घेरिएको कोलोनीमा ६ मिटरको सडक हुनेछ । अहिले पहिलो फेजको २ सय मिटरनजिकै चौथो फेजको काम भइरहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले चौथो चरणको हाउजिङ निर्माण गरिसके पछि पाँचौ चरणमा रामकोटाको डाँडाँपौवा, छैठौं चरणमा सुन्सरीको इटहरी र सातौं चरणमा काठमाडौंको ठूलोभर्याङमा हाउजिङ निर्माण गर्ने जनाएको छ ।


अरिष्मा मोक्तान