सेयर बजारमा गिरावट जारी, ६० अंकले नेप्से घट्दा कारोबार रकम साढे ६ अर्बमा सीमित



काठमाडौं । सेयर बजारमा बुधबार पनि गिरावटले निरन्तरता पाएको छ । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घट्दा कारोबार रकममा पनि कमी आएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक ६० अंकले घटेर २८७६.५९ अंकमा सीमित भएको छ । यो दिन १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा ३८ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

उपसमूहतर्फ सबै कम्पनीमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक्सल डेभलपमेन्ट बैंक, राइराङ हाइड्रोपावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त वित्त विकास बैंकलगायतका कम्पनीको सेयर मूल्इ बढेको छ ।


क्लिकमान्डु