सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से)मा सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच ९% व्याजदर भएको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर÷ऋणपत्र २०८७” नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो ।

बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से)मा सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच ९% व्याजदर भएको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर÷ऋणपत्र २०८७” नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो यसरी सर्वसाधारणमा वितरण गरिएको ७,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भएको व्यहोरा जानकारी गराइन्छ ।

बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।


क्लिकमान्डु