सञ्चय कोषका प्रमुख गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले सञ्चय कोषका प्रमुख तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अर्थमन्त्रालयलाई विपक्षी बनाएर दायर भएको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेशसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । साथै छलफलका लागि बोलाएको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको हो । यो आदेशसँगै गौतम पूर्ववत् अवस्थामै काममा फर्कन सक्नेछन् ।
सरकारले केही दिनअघि गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु