तपाईंको घर वा कार्यालयमा जोडिएको विद्युतको मिटर नामसारी गर्न के गर्ने ? (नमूनासहित)



काठमाडौं । यदि तपाईंको घर वा कार्यालयमा जोडिएको मिटर छ भने कुनै पनि घरधनीले आफ्नो नाममा अनिवार्य नामसारी गर्नुपर्दछ ।
कुनै पनि व्यक्तिले आफ्नो घर वा कार्यालयको वरिपरीमा रहेको मिटर नामसारी गरेको छैन भने नजिकको जग्गाधनीको नाममा बिजुलीको महसुल बुझाउनुपर्ने बाध्यता हुन्छ ।

यदि तपाईंले मासिक रुपमा तिर्दै आएको बिजुलीको बिल अर्काको नाममा तिर्दै आइरहनु भएको भने तपाईंको कुनै पनि रेकर्ड रहँदैन । साथै तपाईंले अर्को व्यक्तिको नाममा महसुल तिर्दै आएका छन् भने पछिका दिनमा समस्या आएमा समाधान गर्न अप्ठ्यारो निम्तिन सक्छ ।

त्यसैले यदि तपाईं आफ्नो घर वा कार्यालयको वरिपरीमा जोडिएको मिटर नामसारी गरेको छैन भने छिट्टै नामसारी गर्न आवश्यक छ । त्यसमा कुनै पनि जग्गाधनीलाई आफ्नो कार्यालयमा जोडिएको मिटर कसरी नामसारी गर्नुपर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ ।

सबैभन्दा पहिलो आफ्नो घर वा कार्यालयमा जोडिएको मिटर नामसारी गर्नको लागि आफूले तिर्दै आएको बिजुली महसुल बुझाउने नेपाल विद्युत् प्राधिकरणको केन्द्रमा गएर आवेदन फाराम बुझाउनुपर्दछ । केन्द्रले तोकिएको बमोजिमको जग्गाधनीले आवेदन फाराम भर्नुपर्दछ । त्यसमा जग्गाधनीले आफ्नो स्पष्ट परिचय खुलाउनुपर्दछ ।

उक्त फाराममा यी हुन आवश्यक कागजातहरू ः
१) आवेदन दिएको नामसारी दरखास्तका साथै महसुल बुझाएको वार्षिक कार्ड, महसिुल चुक्ता गरेको अन्तिम बिल पेश गर्नुपर्दछ ।
२) नामसारीको लागि अरुको हक दावीको निवेदनदर्ता हुन आएमा सो निर्णय नभएसम्म नामसारी गरिने छैन ।
३) सबै बाँकी महसुल अघिल्लो महिनासम्मको चुक्ता बुझाउनु पर्नेछ ।
४) नामसारी गर्न दुबै पक्ष कार्यालयमा उपस्थित भएमा लगत दस्तखत भिडाई नामसारी गरिनेछ । तर एक पक्ष मात्र उपस्थित भएमा राष्ट्रिय स्तरको पत्रिकामा हकदावी सम्बन्धी सूचना प्रकाशित गरी उजुरी गर्न नआएमा मात्र नामसारी गरिने छ ।

५) नामसारी गरिने व्यक्ति÷संस्थाको निम्नकागजातको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा आवेदन फाराम साथ पेश गर्नुपर्ने छ ।

  • आवेदकको नागरिकता
  • साविक ग्राहकको मञ्जुरीमा वा सो पेश गर्न सम्भव नभएमा उक्त विद्युत लाइनमा हक हुन आएको प्रमाण
  • नामसारी गरिने व्यक्ति संस्थाको घरजग्गाको जग्गा धनी प्रमाणपत्र
  • उद्योग/व्यवसायको हमा जुन निकायबाट पहिलो इजजात पत्र प्राप्त गरेको हो । सो निकायको साविक नामबबाट हालको नामममा नामसराी गरेको प्रमाणपत्र
  • मृत्युदर्ता नाता–प्रमाणित (मृत्यु भई नामसारी गर्नु परेमा पेश गर्नुपर्छ ।


क्लिकमान्डु