सेवोन अध्यक्ष निलम्बन, छानबिन गर्न न्यायाधीशको संयोजकत्वमा समिति गठन



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगानालाई निलम्बन गरेको छ । साथै, सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने भएको छ ।

प्रकरणमा मुछिएका अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले ३ सदस्यीय समिति बनाएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् ।

ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका छन् । समितिले ढुंगानाको संलग्नताबारे छानबिन गर्नेछ ।

समितिले छानबिन गरी प्रतिवेदन पेश गर्नेछ ।


क्लिकमान्डु