कालिका लघुवित्तको प्रवन्ध सञ्चालकमा प्रधान



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाेको प्रवन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।   

३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रवन्धक पदबाट सेवा निवृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले प्रधानलाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेकाे हो ।   

संस्थाको हालको निक्षेप १ अर्ब १६ करोड, कर्जातर्फ ३ अर्ब र गत आर्थिक वर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक वर्षमा वृद्धि निक्षेप १ अर्ब ६९ करोड, कर्जातर्फ ४ अर्ब २७ करोड र खुद नाफा ९ करोड ५३ लाख पुर्याउने लक्ष्य रहेको प्रधानले बताए ।

 
यसअघि कालिका लघुवित्तमै वरिष्ठ प्रबन्धकका रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए ।


क्लिकमान्डु