सरकारको निर्देशन विपरित राष्ट्र बैंकले १ अर्ब २४ करोड रुपैयाँ भत्ता बाँड्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशन विपरित कर्मचारीलाई वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकले सरकारको निर्देशन विपरित कर्मचारीलाई सवा अर्ब रुपैयाँ भत्ता वितरण गरेको हो ।

सरकारले २०७५ बैशाख २६ गते नै सरकारी मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ जारी गर्दै सरकारी निकायले प्रदान गर्ने सबै प्रकारको भत्ता खारेज गरेको थियो ।

तर, राष्ट्र बैंकले भने २०७७ असार मसान्तसम्म विभिन्न १५ वटा शिर्षकमा उक्त निर्देशिकाको विपरित गएर भत्ता वितरण गरेको महालेखापरीक्षकले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्म विभिन्न १५ शिर्षकमा गरी १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जुन कर्मचारीहरुलाई केन्द्रीय बैंक भत्ता, खाजा भत्ता, बार्षिकेत्सव भत्ता, क्लोजिङ्ग भत्ता, ईन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याण कोष समेत गरेर भत्ता भुक्तानी भएको हो ।

नेपाल सरकारको निर्देशन पालना गर्न महहालेखापरीक्षकले राष्ट्र बैंकलाई निर्देशन दिएको छ


क्लिकमान्डु