इजरायल रोजगारीमा महिलाभन्दा पुरुषको बढी आकर्षण




काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षण बनेको इजरायल रोजगारीमा सरकारले सहज बनाएको छ । सरकारले नेपालीहरूको आकर्षण गन्तव्य बनेसँगै इजरायल सरकारसँग सम्झौता गरेर रोजगारीमा जाने व्यवस्था मिलाएको हो ।

सरकारले विभिन्न चरणको कार्यहरू सम्पन्न गरी गत साउन १२ गते इजरायल रोजगारीको लागि योग्यता तथा इच्छुक नागरिकहरूकोे लागि आवेदन खुलाएको थियो । उक्त आवेदन दिनको म्याद हिँजो अर्थात् साउन ३२ गते सकिएको छ ।

जसमा अन्तिम दिन साउन ३२ गतेसम्ममा ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।

तर, ३० प्रतिशतमात्रै कोटा तोकेको पुरुषहरूको बढी आकर्षण देखिएको विभागले जनाएको छ । त्यस्तै आवेदन दिएका नेपालीहरूलाई सक्कल कागजातसहित विभागले मिति र स्थान तोकी उपस्थितिका लागि अनुरोध गर्नेछ ।


क्लिकमान्डु