अफगान युद्धमा अमेरिकाको २.२६ ट्रिलियन डलर खर्च, के तालिबानी लडाकुले राजधानी कब्जा गर्दैछन् ?



एजेन्सी । मुसलवानी जिहादी समूह तालिवानले अफगानिस्तानको अधिकांश भ्रभाग कब्जा गरेको छ । अब राजधानी काबुलमात्रै कब्जा गर्न बाँकी रहेको छ । अमेरिकी सञ्चारमाध्यमहरुको भनाइलाई पत्याउने हो भने अब एकाध दिनमा तालिबानले काबुल कब्जा गर्नेछ ।

अमेरिकाले सन् २००१देखि शुरु गरेको लडाई क्रमशः असफलतामा सकिएपछि उसले धमाधम सेना फिर्ता गरिरहेको छ । अमेरिकका लागि अफगानिस्तान अर्को भियतनाम जस्तै असफलताको ब्याटल भएको छ ।

सन् २००१ देखि भएको हिंसामा परेर ७१ हजार बढी गैरसैनिक नागरिकको ज्यान गएको छ । यस्तै सो युद्धमा परेर ६६ हजारदेखि ६९ हजारसम्म अफगान सुरक्षाकर्मीको ज्यान गएको छ । यस्तै अमेरिका र साझेदार नेटोको फौजतर्फ ३ हजार ५०० जनाको ज्यान गएको विवरण सार्वजनिक भएको छ । त्यस्तै युद्धमा परेर ३ हजार ८०० जनाभन्दा बढी निजी सुरक्षा ठेकेदारहरुको पनि मृत्यु भएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुको अनुसार तालिबान र अन्य विद्रोही लडाकुतर्फ ८४ हजार बढीको हताहती भएको छ ।

अफगानिस्तान युद्ध अमेरिकाले पुनः निर्माणको नाममा १४३ अर्ब डलरभन्दा बढी खर्च गरेको छ । अमेरिकाले युद्धका लागि मात्रै २.२६ ट्रिलियन डलर खर्च गरेको देखिन्छ । यति ठूलो धनराशी खर्च गरेको अमेरिका अन्नतः मोर्चालाई त्यत्तिकै छाडेर स्वदेश फिर्ता भएको छ ।

यही मौकालाई हेरिबसेको तालिबानले अब काबुल मात्रै कब्जा गर्न बाँकी रहेको छ ।

बीबीसीका अनाुसार महत्वपूर्ण शहर जलालाबादमा एक गोली पनि नचलाई कब्जा गरेका छन् । आइतबार बिहान मात्रै सो शहर कब्जा भएको हो । त्यहाँका गभर्नरले तालीबानी लडाकुसँग आत्मसर्पण गरेका थिए । सो शहर कब्जा भएपछि तालिबानी लडाकुले पाकिस्तानसँग जोडिएको रणनीतिक महत्वको सडक सञ्जालमा समेत पहुँच पाएको छ ।

अफगान राष्ट्रपति असरफ घानीमाथि यतिबेला चौतर्फी दबाव बढेको छ । उनलाई राजीनामा गर्न भनिएको छ । अमेरिका क्रमशः अब रक्षात्मक जस्तो देखिएको छ । अमेरिक राष्ट्रपति जो बाइडेनले अन्त्यहिन युद्धको पक्षमा आफुहरु नरहेको प्रतिक्रिया दिएका छन् ।

अफगान सेनाले आफनो देशलाई नियन्त्रणमा राख्न सक्दैनथ्यो वा राख्देनथ्यो भने अर्को ५ वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ राख्नु र नराख्नुको कुनै अर्थ नभएको उनको प्रतिक्रिया छ ।


क्लिकमान्डु