यस्तो छ अल न्यू हुन्डाई आई-२०



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिने प्रालिले भर्खरै नेपाली बजारमा प्रिमियम ह्याजब्याक अल न्यू हुन्डाई आई २० भित्र्याएको छ । अल न्यू हुन्डाई आई २० नेपालमा मगाना र स्पोर्टजेड २ भेरियन्टमा उपलब्ध छ । हुन्डाई आई २० मगानाको मूल्य ३६ लाख ९६ हजार रुपैयाँ र स्पोर्टजेडको मूल्य ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले शुक्रबार अल न्यू हुन्डाई आई २० को टेस्ट ड्राइभ आयोजना गरेको थियो । अल न्यू हुन्डाई आई २० स्पोर्टी र बोल्ड डिजाइनमा उपलब्ध छ । कारमा नयाँ डिजाइन र फिचर देख्न सकिन्छ । साथै नवितम प्रविधिको प्रयोग गरिएको छ ।

ड्रिप बनोट र नयाँ क्यासकेडिङ ग्रिलले गर्दा कार स्पोर्टी लुक्स र बोल्ड देखिन्छ । ग्रिलको दुवै किनारमा एलईडी प्रोजेक्टर हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, टर्न इन्डिकेटर कर्नरिङ ल्याम्प दिइएको छ । कारमा नयाँ फ्रन्ट बम्पर दिइएको छ । जसको दुबै किनारमा प्रोजेक्टर फग ल्याम्प, साथै सेन्ट्रल एयर इनटेकको तल्लो हिस्सामा पियानो ब्ल्याक फिनिसकको फ्रन्ट स्कर्ट दिइएको छ ।

कारको रियरमा जेड आकारको एलईडी टेल लाइट छ । जुन क्रोम स्ट्रिप तथा सेन्टर रिफ्लेक्टरसँग जोडिएको छ । बूटमा मोडल तथा भेरियन्ट ब्याजिङ दिइएको छ । पछिल्लो बम्परको दुवै किनारमा रिफ्लेक्टर तथा सेन्टर फोक्स डिफ्यूजर दिइएको जसले कारलाई स्पोर्टी देखाउँछ ।

इन्जिन र इफोटेनमेन्ट

अल न्यू हुन्डाई आई-२० मा १.२ लिटरको कप्पा पेट्रोल इन्जिन छ । ११९७ सीसीको इन्जिनले ८३ पीएसमा ६००० आरपीएम अधिकतम पावर र ११.७ केजीएमा ४२०० आरपीएम अधिकतम टर्क जेनेरेट गर्छ । कारमा ५ स्पीड म्यानुअल गियर बक्स छ । अघिल्लो चक्कामा डिक्स र पछिल्लो चक्कामा ड्रम ब्रेक छ । अल न्यू हुन्डाई आई-२० को लम्बाई ३९९५ एमएम, चौडाई १७७५ एमएम, उचाई १५०५ एमएम, ह्वील वेस २५८० एमएम र ग्राउण्ड क्लियरेन्स १७० एमएम छ ।

यसमा ३७ लिटरको फ्यूल ट्यांकी छ । सामानहरु राख्नका लागि ३११ लिटरको लगेज स्पेस छ । गाडी ५.१ मिटरमा घुमाउन सकिन्छ ।

स्पोर्टजेड भेरियन्टमा डिजिटल कल्सर टीएफटी मल्टी इन्र्फमेसन डिस्प्ले (एमआईडी), २०.३२ सेन्टीमिटरको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम छ । एप्पल कार प्ले र एन्ड्रोइड अटो लगायत इनफोटेनमेन्ट फिचर छ ।

सुरक्षा

अल न्यू हुन्डाई आई-२० सुरक्षित कारको रुपमा डिजाइन गरिएको छ । मगाना र स्पोर्टजेड दुवै भेरियन्टमा ड्युअल एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सहित इबीडी, रिभर्स पार्किङ सेन्सर लगायत फिचर छन् ।

अटोमेटिक हेडलाइट, डे/नाइट इनसाईड रियर भ्यू मिरर, सेन्टर लकिङ डोर, स्मार्ट पेडल, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, स्पीड सेन्सिङ अटो डोर लक, कल्ज लक लगायत सेफ्टी फिचर छ । किलेस इन्ट्री, स्पीड अलर्ट सिस्टम, ड्राइभर एण्ड प्यासेन्जर सिल्ट बेल्ट रिमाइन्डर, इमोबिलाइजर, हाइ माउण्ड स्टम ल्याम्प लगायत फिचर छन् ।

स्पोर्टजेडमा गाडी ब्याक गर्दा रियर क्यामराको भ्यू इन्फोटेनमेन्ट सिस्टमा देख्न सकिन्छ । ड्राइभर रियर भ्यू मोनिटर (डीआरभीएम), फ्रन्ट प्रोजेक्टर फग लाइट, इर्मजेन्सी स्टम सिंगनल (इएसएस), रियर डिफगर विथ टाइमरलगायत सेफ्टी फिचर छन् ।


क्लिकमान्डु