एनसीसी बैंकको नाफा साढे १५ प्रतिशतले बढ्यो, इपीएस १२.३२ रुपैयाँ



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले साढे १५ प्रतिशतले नाफा बढाएको छ ।

एनसीसी बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षके वित्तीय विवरण अनुसार १ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एनसीसी बैंकको नाफा १ अर्ब १० करोड रहेको थियो ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड रहेको एनसीसी बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ७१ करोड ४७ लाख रुपैयाँ गरेको छ ।

असार मसान्तसम्ममा एनसीसी बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा ९४ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा एनसीसी बैंकको निक्षेप ७२ अर्ब रहेको छ भने कर्जा ६५ अर्ब रहेको छ ।


क्लिकमान्डु