प्रभु बैंकको नाफा ६८ प्रतिशतले बढ्यो, लाभांश क्षमता १३ प्रतिशत



काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रभु बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो ।

बैंकको ब्याज आम्दानी,ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ । प्रभु बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ ।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु बैंकले एकवर्षको अवधीमा निक्षेप कर्जा आकार बृद्धि राम्रो देखिएको छ ।

असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो ।

प्रभु बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ४८ करोड रुपैयाँ गरेको छ । यसबाट मात्र प्रभु बैंकल सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ ।

पूँजीकोष अनुपात १३.०७ प्रतिशत रहेको प्रभु बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत छ । बेसरेट ६.८८ प्रतिशत तथा स्प्रेड ३.६५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु