आवधिक कर्जा स्थीर ब्याजदरमा मात्रै प्रवाह गर्नु पर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा प्रवाह गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले आवधिक प्रकृतिका कर्जा स्थिर ब्याजदर अर्थात स्थीर ब्याजदरमा प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर विवरण सार्वजनिक गर्दा त्यस्तो ब्याजदर समेत प्रकाशन गर्नु पर्नेछ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरको विद्यमान व्यवस्थालाई यथावत कायम राखिएको छ ।


क्लिकमान्डु