रेमिट्यान्स बैंकमा निक्षेप राखे १ प्रतिशत बढी ब्याज दिइने



काठमाडौं । अब विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत् रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा १ प्रतिशत बढी ब्याजन दिइने व्यवस्था गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिए । रेमिट्यान्सबापत आएको रकम उपभोगमा खर्च नभइ बचत होस् भन्ने उदेश्यले प्रोत्साहनस्वरुप बढी ब्याज दिने घोषणा गरिएको हो ।

रेमिट्यान्स एसोशिएसनले लामो समयदेखि यस्तो माग गर्दै आएका थिए ।


क्लिकमान्डु