ग्लोबल आईएमई बैंकले माग्यो विभिन्न पदमा कर्मचारी



काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसरमा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार उक्त पदहरूको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्म बैंकिङ क्षेत्रमा अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै सिनियर अफिसरको लागि लागि स्नाकोत्तर गरेको र अफिसर र जुनियर अफिसर पदको लागि कम्तिमा स्नातक गरेको हुनुपर्नेछ ।

बैंकले सो पदहरूको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ । त्यसैगरी इच्छुक आवेदकहरूले आगामी भदौ ४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु