नेपाल लाइफको खुद नाफा साढे ५३ करोड बढी, खुद बीमा शुल्क १७% ले बढ्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकोले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १.०५ प्रतिशत अर्थात् ५५ लाख ६३ हजार रुपैयाँले खुद नाफा थप गरेको हो ।

अघिल्लो आवमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीद्वारा सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.९३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३७.५३ प्रतिशत अर्थात् २ अर्ब १२ करोड २१ लाख रुपैयाँ बढी हो ।

यसैगरी, सो अवधिमा कम्पनीले जीवन बीमा कोषको रकम २९.२९ प्रतिशतले थप गरेको छ । अघिल्लो आवमा कम्पनीको ८७ अर्ब २ करोड ६० लाख रुपैयाँ जीवन बीमा कोषमा मौज्दात थियो ।

जसमा २५ करोड ४८ लाख ६९ हजार रुपैयाँ थप गरी १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ पुयाएको छ । साथै, गत आवमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब १ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५८ लाख ८९ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीले ८ अर्ब७८ करोड ४ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । भने २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार ७ सय ८४ रुपैयाँ छ ।


क्लिकमान्डु