एभरेष्ट बैंकको खुद नाफा २७.३४%ले घट्यो, अधिकांश सूचक नकारात्मक



काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा २७.३४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेर १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बै.कले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंक चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ कायम छ । सो आधारमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ४०.०९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

बैंकको वितरण योग्य नाफा खुद नाफाभन्दा बढी हुनुमा अघिल्लो आवमा बैंकले गरेको प्रोभिजन राइट ब्याक हुँदा बढेको हो ।

यसैगरी, बैंकले सो अवधिमा १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब ९६ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो आम्दानी अघिल्लो आवको तुलनामा २५.४३ प्रतिशत कम हो ।

ब्याज आम्दानी घटेपनि बैंकले अन्य सञ्चालन आम्दानी भने वृद्धि गरेको छ । अघिल्लो आवमा बैंकले १२ करोड २२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो । गत आवको सोही अवधिमा बैंकले यस्स्तो आम्दानी १ सय २०.८९ प्रतिशत बिन्दुले थप गरी २६ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । तर, यता खुद सञ्चालन आम्दानी भने १७.३१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६ अर्ब १६ करोड ३८ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको बैंकले गत आवमा ५ अर्ब ९ करोड ६६ लाख रुपैयाँमात्र गरेको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत, बेसरेट ५.९९ प्रतिशत, स्प्रेडरेट ३.२४ प्रतिशत, कष्टअफ फण्ड १२.५१ प्रतिशत, प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा, प्रतिसेयर नेटवर्थ २ सय ३२ रुपैयाँ ५८ पैसा रहेछ ।


क्लिकमान्डु