मेगा बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता १०.४४ प्रतिशत



काठमाडौं । मेगा बैंकले गतवर्ष ४५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष मेगा बैंकको नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

ब्याज आम्दानी तथा कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा मेगा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सफल भएको हो । मेगा बैंकको गतवर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो ।

१४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ५१ करोड गरेको छ । गतवर्षको नाफाबाट मात्र मेगा बैंकले सेयरधनीलाई १०.४४ प्रतिशत लाभांश दिनसक्छ ।

१५.७१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको मेगा बैंकको पिइ रेसियो २३.२ रहेको छ ।

मेगा बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ३७ अर्ब छ । कर्जा निक्षेप अनुपात ८२.६९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले गतवर्षदेखि कर्जा निक्षेप अनुपात ८५ प्रतिशत सिमा बनाएको छ ।

१२.९८ प्रतिशत पूँजीकोष अनुपात रहेको मेगा बैंकको खराब कर्जा अनुपात १.२६ प्रतिशत रहेको छ । बैंकको अघिल्लो वर्षको भन्दा स्प्रेड तथा बेसरेट घटेको छ । मेगा बैंकको बेसरेट ७.६१ प्रतिशत छ भने स्प्रेड ४.१६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु