लक्ष्मी बैंकको नाफा १ अर्ब ५४ करोड, ब्याज आम्दानी घट्यो



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । शुक्रबार सार्वजनिक भएको लक्ष्मी बैंकको वित्तीय विवरण अनुसार बैंकले अघिल्ले वर्षको तुलनामा ९.२० प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ४१ करोड रहेको थियो ।

लक्ष्मी बैंकको ब्याज आम्दानी भने घटेको छ । कमिसन आम्दानी बढ्दा लक्ष्मी बैंकले नाफालाई केही बढाउन सकेको देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रहेको ब्याज आम्दानी गतवर्ष ३ अर्ब २१ करोडमा झरेको छ । कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा बैंकले गतवर्षको भन्दा नाफामा केही सुधार गरेको छ ।

१० अर्ब ६९ करोड चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब गरेको छ । असार मसान्तसम्ममा लक्ष्मी बैंकसँग १ खर्ब १४ अर्ब रहेको छ भने कर्जा १ खर्ब ६ करोड रहेको छ ।

लक्ष्मी बैंकको पूँजीकोष अनुपात ११.८५ प्रतिशत रहेको छ । यस्तै १४.४१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । १.२१ प्रतिशत खराब कर्जा अनुपात रहेको लक्ष्मी बैंकको कर्जा निक्षेप अनुपात ७९.६६ प्रतिशत पुगेको छ । ७.०८ प्रतिशत बेसरेट रहेको लक्ष्मी बैंकको स्प्रेडदर ३.४२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु