नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५० प्रतिशतले बढ्यो,सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतले नाफा बढाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ४२ करोड थियो ।

ब्याज आम्दानी घटेपनि अन्य संचालन आम्दानी बढ्दा नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतले नाफा बढाउन सफल भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रहेको ब्याज आम्दानी गतवर्ष घटेर ५ अर्ब ५९ करोडमा झरेको छ ।

बैंकले अघिल्लो वर्ष नउठेको ऋण समेत उठाएको छ ।

१६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९९ करोड रुपैयाँ गरेको छ ।

१४.६४ प्रतिशत पूँजीकोष अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको असार मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको गतवर्षभन्दा बेसरेट तथा स्प्रेडसमेत घटेको छ । बैंकको बेसरेट ५.७४ प्रतिशत छ भने ३.३३ प्रतिशत स्प्रेडमा बैंकले काम गरेको देखिएको छ । प्रति सेयर आम्दानी २२ रुपैयाँ ५७ पैसा रहेको छ ।


क्लिकमान्डु