कुमारी बैंकको नाफा ७४ प्रशितले बढ्यो, ब्याज आम्दानीले दियो साथ



काठमाडौं । कुमारी बैंकले ७४ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार करिब ७४ प्रतिशतले नाफा बढाएको हो । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब नाफा गरेको छ ।

जुन अघिल्लो वर्ष १ अर्ब १५ करोड थियो ।

कुमारी बैंकको नाफा बढ्नुमा ब्याज आम्दानीसँगै अन्य आन्दानीले सहयोग गरेको देखिएको छ । कुमारी बैंकले ब्याज आम्दानीबाट ५ अर्ब २३ करोड कमाएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ५७ करोड थियो । यस्तै अन्य आन्दानीबाट ४० करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो शिर्षकको आम्दानी १५ करोड थियो ।
१३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकको असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप छ ।

यस्तै कर्जा १ खर्ब ३७ करोड रुपैयाँ रहेको छ । कुमारी बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९ करोड आर्जन गरेको छ ।

१३.७१ प्रतिशत पूँजीकोष अनुपात रहेको कुमारी बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत रहेको छ । बेसरेट ७.९० प्रतिशत रहेको कुमारी बैंकले ३.१३ प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।

कुमारीले अघिल्लो आवमा तत्कालीन देव विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको वित्तीय विवरणमा थप प्रगति भएको देखिन्छ ।


क्लिकमान्डु