जलविद्युत् र फाइनान्समा आकर्षण, ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सोमबार लगानीकर्ताको आकर्षण जलविद्युत् र फाइनान्स कम्पनीमा हुँदा नेप्से स्थिर देखिएको छ । परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंक पुगेका दिन २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ९९१ रुपैयाँ कारोबार भएको छ ।
यो दिन ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आईसीएफसी फाइनान्स, कर्पोेरेट डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्तलगायतका कम्पनी छन् ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, माथिल्लो तामाकोसी, अपि पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि छन् ।