प्रि-ओपनिङमा ५.८३ अंकले बढ्यो नेप्से, ३८ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ५.८३ अंकले बढेको छ ।
प्रि-ओपनिङमा ४८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन चन्द्रागिरि हिल्स, नेपाल हाइड्रोडेभलपर्स, लिबटी इनर्जी लगायतका कम्पनीको सेयर मूल्य घटेको छ भने जानकी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, सेन्ट्रल फाइनान्स, सानजेन जलविद्युत् कम्पनी, माउन्टेन इनर्जीलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।