सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री विवरण अर्थमन्त्रालयले माग्यो



काठमाडौं । अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको खरिदबिक्रीको विवरण मागेको छ । सर्वोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरी तथा नेप्सेको सीइओको श्रीमतिको नाममा किनेपछि विवाद भएको छ ।

बुक बिल्डिङ मार्फत आइपीओ निष्कासनको प्रक्रिया सुरु भएपछि ढुंगानाको छोरी र साउदको श्रीमतिको नाममा सेयर किनिएको थियो ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वयन महाशाखाले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै नेप्सेको ओटीसी प्रणाली मार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्रीको विवरण मागेको हो ।

सर्वोत्तम सिमेन्ट लिमिटेड कम्पनी भएको हुँदा यसको सेयर नेप्सेको ओटीसी मार्फत खरिदबिक्री भएको थियो ।


क्लिकमान्डु