एसईई उतीर्ण र प्राविधिक शिक्षा लिएकालाई पनि शैक्षिक प्रमाणपत्र कर्जा दिन सांसदहरुको माग



स्नातक उतीर्णलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा सुविधा दिने सरकारको नीतिलाई अब एसएलसी, + २ उतीर्ण वा प्राविधिक शिक्षा लिएका हरुलाई पनि यस्तो कर्जा उपलब्ध गराईनुपर्ने सांसदहरुले माग राखेका छन ।

अर्थ समिती सदस्य रामकुमारी झाँक्रीले स्नातक तहभन्दा तलको शैक्षिक योग्यता भएकाहरुलाई पनि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउने पर्ने धारणा राखेकी थिइन ।

पूर्व अर्थमन्त्री बर्षमान पुनले पनि एसएलसी, उच्च शिक्षा वा प्राविधिक सीप तालिम लिएकाहरुलाई २५ लाख रुपैयाँसम्मको शैक्षिक प्रमाण धितो दिइनुपर्ने बताए ।

अरु सांसदहरुले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर स्नातक भन्दा तलको योग्यता भएका हरुले पनि यस्तो कर्जा सुविधा पाउनुपर्ने धारणा राखेका थिए ।


क्लिकमान्डु