वित्तीय क्षेत्रमा राष्ट्र बैंकको हस्तक्षेप बढाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वित्तीय पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका छन ।

शुक्रवार संघीय संसदको अर्थसमितिमा बोल्दै भट्टराईले बैंकिङ क्षेत्रले पहुँच भएका ब्यक्तिलाई मात्र सुविधा उपलब्ध गराएको र आम मानिसले सहज रुपमा कर्जा लगायतका सुविधा पाउन नसकेकाले राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

बैंकका सुविधा काठमाडौंमा मात्रै किन केन्द्रीत भएका छ्न । पुँजी जति ब्यापारिक र ठूला घरानामा थन्किएर रहेको छ । यसमा राष्ट्र बैंकले गम्भीर प्रकृतिको हस्तक्षेपको संकेत गर्नुपर्छ, भट्टराईले भने ।

उनले कर्जा प्रवाहका क्षेत्रमा आम मानिसको पहुँच पुर्याउन किटान नै गरेर कृषि, उत्पादनमूलक व्यवसायमा कर्जा प्रवाहका लागि राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने बताए ।

उनका अनुसार मौद्रिक क्षेत्रको संरचनात्मक परिवर्तन आवस्यक छ ।

‘पहिलेको भन्दा अहिलेको संरचनात्मक परिवर्तन त केही पनि देखिदैन,’ उनले भने, ‘कहीँ गम्भीर रोग छ, त्यसलाई पहिचान गरेर निदान गरिनु पर्छ ।’
उनले कर्जा र ब्याजदरको अन्तर धेरै भएकाले यसलाई घटाउन पर्ने बताए ।


क्लिकमान्डु