२० अर्ब चुक्ता पूँजी भएको निफ्राको नाफा ६५ करोड, इपिएस ५ रुपैयाँ ३४ पैसा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६५ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले गतवर्षको भन्दा ५ करोड रुपैयाँले नाफा बढाएर ६५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको हो ।
पूर्वाधार क्षेत्रमा कर्जा दिन खोलिएको निफ्राको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । निफ्राले ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छ भने २ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएको छ ।
पूर्वाधार क्षेत्रमा लगानी गर्न खोलेको संस्था भएपनि निफ्राले बैंकमा राख्ने ब्याज आन्दानीले मात्र नाफा गरेको देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै इक्विटीमा प्रतिफल ४.९६ प्रतिशत रहेको छ ।