मोक्सी होटलमा जागिर खुल्यो



काठमाडौं । मेरियट होटलले जागिर खुलाएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालि अन्तर्गत सञ्चालित मेरियट होटल र मोक्सी होटल सञ्चालनमा छन् ।

सञ्चालनको तयारी गरेको मोक्सी होटलका लागि आवश्यक कर्मचारी माग गरिएको हो । होटलले प्रोजेक्ट म्यानेजरदेखि स्टोर किपरसम्मका लागि जागिर खुलाएको हो ।

इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालि अन्तर्गत म्यारियट काठमाडौं र म्यारियट काठमाडौं होटल सञ्चालनमा छन् ।

होटलले विभिन्न ६ वटा पदमा जागिर खुलाएको हो । जसमध्ये प्रोजेक्ट म्यानेजर, आर्किटेक, इन्टेरियर फिनिसिङ लिडर, साइट इञ्जिनियर अफिस सेक्रेटरी र स्टोर किपर पदमा जागिर खुलाएको हो ।

इच्छुक आवेदकहरुले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आफूले आवेदन दिन चाहेको पद, अपेक्षित तलब, हालको फोटो र बायो डाटा गरी इमेलमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु