बिफिनले माग्यो दर्जन बढी कर्मचारी



काठमाडौं । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले दर्जन बढी कर्मचारी माग गरेको छ । सीइओदेखि रिसेप्सनिस्टसम्मका लागि खुलाउँदै बिफिनले १५ जनाका लागि रोजगारी खुलाएको हो ।

बिफिन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघु वित्त संस्थाहरु र पूँजी बजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

बुधबार सार्वजनिक सूचनामार्फत् विफिनले विभिन्न ९ वटा पदका लागि रोजगारी दरखास्त आह्वान गरेको छ । जसमा इन्स्योरेन्सका तर्फबाट सीइओ १ जना, डीसीइओ १ जना, मार्केटिङ ३ जना र डिजिटल सेल्स सिनियर असिस्टेन्ट १ जना माग गरेको छ ।

इमर्जिङ्ग नेपालको तर्फबाट सीइओ एक जना र २ जना असिस्टेन्ट, बिफिन कै तर्फबाट १ जना डेभलपमेन्ट डाइरेक्टर, इन्भेटमेन्ट कम्पनीको तर्फबाट २ जना चार्टर्ड एकाउन्टेण्ड र ३ जना रिसेप्सनिस्ट माग भएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुकले बिफिनको आधिकारी वेव साइटमार्फत् साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिफिनले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्छ ।

साथै, वित्तीय क्षेत्रसँग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध गरी विभिन्न किसिमका मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु