बैंक अफ काठमाडौंका सीइओ शोभनदेव पन्तले राजीनामा दिए, भदौ १ देखि लागु हुने



काठमाडौं । बैंक अफ काठमाडौं(बिओके)बाट प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पदबाट राजीनामा दिएका छन् ।


४ वर्षे कार्यकाल पुरा गरेपछि पन्तले बिओकेबाट बाहिरिने निर्णय गरेका हुन् । भदौ १ देखि लागु हुने गरेर पन्तले राजीनामा दिएको बिओके स्रोतले जानकारी दियो ।

बैंकिङ क्षेत्रमा करिब ४० वर्ष बिताएका पन्त बिग्रेको संस्था सुधार गरेको अनुभव बोकेका छन् । तत्कालिन लुम्बिनी बैंक पन्तको कार्यकालमा सुधार भएको थियो ।

बिओके र लुम्बिनी बैंक मर्ज भएपछि पन्त बैंकिङबाट बाहिरिएका थिए । मर्ज भएको केही समयपछि बिओकेको संचालक समितिले पन्तलाई सीइओमा नियुक्त गरेको थियो ।

४ वर्षको कार्यकाल पुरा गरेपछि बिओकेबाट पन्त बाहिरिने भएपछि संचालक समितिले अर्को व्यवस्था नहुँदासम्म कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेपुटी श्रवणलाल मास्केलाई दिएको छ ।


क्लिकमान्डु