सानिमा बैंकद्वारा बाल अस्पताल निर्माण गर्न केआईओसीएचलाई १ करोड सहयोग




काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) ला बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि केआईओसीएचले काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सो समझदारी पत्रमा केआईओसीएचको तर्फबाट डा. भगवान कोइराला र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरे । केआईओसीएचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् ।

बैंकले ८६ वटा शाखा, १८ वटा विस्तारित काउन्टर तथा ९६ वटा एटीएम मार्फत् सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु