१५.११ अंकले घट्यो नेप्से, कारोबार करिब ११ अर्ब



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.११ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १५ अंकले घट्दै ३०७९.८३ अंकमा अड्किएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले घटेको छ ।

बिहीबार नेप्सेमा २१७ कम्पनीका सेयर १ लाख ६ हजार ६८२ पटक कारोबार भएको छ र २ करोड ६० लाख ४० हजार कित्ता खरिद बिक्री हुँदा १० अर्ब ९० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज होटल एण्ड टुरिजम र विकास बैंकका उपसमूह बढ्दा बाँकी उपसमूह भने घटेका छन् ।

रिडी हाइड्रोपवार डेभलपमेन्ट कम्पीको सेयर ९.९५ प्रतिशत र जीवन विकास लघुवित्त वित्तीय संस्थानको सेयर ८.२२ प्रतिशत, सप्तकोशी विकास बैंक ७.६५, यूनाईटेड आईडीआई मार्दी हाइड्रोपावर ७.५५ र चन्द्रागिरी हिल्सको सेयर ६.०५ प्रतिशतले बढेको छ ।

गुडविल फाइनान्स ७.३३, माउन्ट हाइड्रो नेपाल ६.१७ र जानकी फाइन्सको सेयर ५.५० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु