रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म मूल्याङ्कन, कुन क्षेत्रको कति ?



काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ । यसले गर्दा उपत्यकाका घरजग्गामा अत्यधिक बढेर छोइनसक्नु अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन् ।

रिङरोडभित्र सामान्यभन्दा सामान्य मानिसले जग्गा किन्न सक्ने क्षमता हुँदैन । त्यसैले उपत्यकामै बस्ने सोच बनाएका मानिसहरू पछिल्लो समय उपत्यकाकै वरिपरीमा जग्गा खरिद गरी घर बनाउन चाहन्छन् ।

रिङ्रोड बाहिर अर्थात् ललितपुरको लगनखेलभन्दा अलिक नजिकका क्षेत्रहरू, भक्तपुरको क्षेत्रहरू, टोखा, साँखु, मनमैजुलगायतका क्षेत्रहरूमा जग्गा खरिद गर्नेको आइरो लागेको छ । जसले गर्दा जग्गाको भाउ निकै अकासिएको छ ।

यतिसम्म कि सरकारी मूल्यांकन नै निकै बढेको देखिएको छ । जबकी खरिदकर्ताले तिर्ने रकमभन्दा जग्गाको सरकारी मूल्यांकन निकै कम हुन्छ ।

सोहीअनुसार सरकारले पनि चालु आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयले १० देखि १५ प्रतिशत्सम्म जग्गाको मूल्याङ्कन बढाएको छ । सरकारी मूल्याङ्कन अनुसार खरिदबिक्री नभए पनि सरकारले अवस्था हेरेर जग्गाको मूल्याङ्कन बढाउने गरेको मालपोत कार्यालयले जनाएका छन् ।

मालपोत कार्यालय मनमैजुले आफ्नो मातहतका क्षेत्रका जग्गाको मूल्याङ्कन अधिकतम प्रतिआनाको मूल्य १७ लाख रुपैयाँ तोकिएको छ ।
कार्यालयले गोगंबुबाट नयाँपुल भई छन्त्याल संघ हुँदै न्यायपरिषद्को कम्पाउण्सम्म जाने मूल सडकको दायाँबायाँका जग्गाको प्रतिआना १७ लाख १२ हजार रुपैयाँ तोकेको छ ।

नेपालटार पुलबाट साविक मनमैजु गाविस भवनसम्मको मूल सडकको दायाँ बायाँका जग्गा र त्यस नजिक वरिपरीको जग्गाको मूल्य १५ लाख ८० हजार रुपैयाँ तोकेको छ । साथै, उक्त वरिपरी रहेको जग्गाको मूल्य १४ लाख ५० हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै कार्यालयले उक्त क्षेत्रधिकारभित्र पर्ने जग्गाको मूल्य पूर्वाधार र सडकको वर्गको आधारमा ३० हजारदेखि १७ लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।

जसका कार्यालयले मनमैजुमा प्रतिआना १ लाख २५ हजादेखि १३ लाख ६० हजार, काभ्रेस्थलीमा ७० हजारदेखि ७ लाख ५० हजार, गोलढुङगामा ७५ हजादेखि ७ लाख ५ण् हजार, धर्मस्थलीमा ७५ हजादेखि ७ लाख रुपैयाँसम्मको सडकको वर्गको आधारमा मूल्य तोकेको छ ।

त्यसैगरी ललितपुर जिल्ला मालपोत कार्यालय गोटीखेल अन्तर्गत साविक गिम्दी, गोटिखेल, चन्दनपुर, ठुलादुर्लुङ, बुखेल, मानिखेल, शंखु गाविसहरुको मूल्य समायोजन गरी मूल्य बढाएको छ ।

उक्त कार्यालयले गिम्दीमा रहेको ‘क’ वर्गको जग्गाको मूल्य प्रतिआना ३ लाख तोकेकोमा गोरेटो बाटोको १ लाख, खेततर्फ ७५ हजार, पाखाको ५० हजार खोला जोडिएको २५ हजार रुपैयाँसम्म मूल्याङ्कन गरेको छ ।

कार्यालयले गोटिखेलको महांकाल गाउँपालिका भित्र परेका ‘क’ वर्गको जग्गाको मूल्य प्रतिआना ४ लाख २० हजार देखि ‘ङ’ वर्गको जग्गाको मूल्य प्रतिआना ३० हजार रुपैयाँसम्म तोकेको छ ।

त्यस्तै, चन्दपुरको जग्गाको मूल्य ४ लाख देखि ३० हजासम्म मूल्य तोकेको छ । साथै अन्य ठूलादुर्लुङ, बुखेल, मानिखेल, शंखुमा रहेको जग्गाको मूल्य ३० हजारदेखि ४ लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ ।

त्यसैगरी टोखा सरस्वती मालपोत कार्यालयले पनि मूल्य समायोजन गरेको छ । जसमा फुटुङ र साङ्लाको सिमानादेखि साङ्लाको विहानीचोक सम्मका मूलसडकको दायाँबायाँको जग्गाको प्रतिआना ९ लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै सपनातीर्थ दोभनदेखि साङ्ला हुँदै विहानी चोकको मूलसडकको दायाँबायाँ ८ लाख, सरस्वती ग्रान्डीटावरदेखि गणेश मन्दिरसम्मको ११ लाख ५५ हजार र अन्य उक्त मालपोत कार्यालयभित्र पर्ने जग्गाको मूल्य २७ हजारदेखि ११ लाख रुपैयाँसम्म मूल्य कायम गरेको छ ।

मालपोत कार्यालय साँखुँले जग्गाको मूल्याङ्कनमा १० देखि १५ प्रतिशत बढाएर जग्गाको मूल्य प्रतिआना ५ लाखदेखि १८ लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।

त्यसैगरी भक्तपुरको मालपोत कार्यालयले पनि भित्रै क्षेत्रमा पर्ने जग्गाको मूल्य १ लाख रुपैयाँदेखि २६ लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।


क्लिकमान्डु