‘यसपालीको दशैं तिहार, वेलकम टु हुण्डाइ परिवार’ अफरमा पौडेल र सापकोटाले जिते एक/एक कार



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालीको दशैं तिहार वेलकम टु हुण्डाइ परिवार’ अफर अन्तर्गतका बम्पर बिजेताहरुको नाम घोषणा गरेको छ ।

जसमा पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५ भएका काठमाडौं मैतिदेवीका श्यामप्रसाद पौडेलले हुन्डाई जितेका छन् ।

दोस्रो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, नभएका भरतपुर चितवनका चेतनारायण सापकोटाले हुन्डाई अउरा (एस) जितेका छन् ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्डमार्फत् थप १ लाखसम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्रमार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्राण्ड आइटेन निओस (म्याग्ना) र हुन्डाई अउरा (एस) जित्ने मौका थियो ।

अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाइभ कार्यक्रममार्फत् साउन ११ गते गरिउको थियो । यो योजना गत वर्षको असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू गरिएको थियो ।


क्लिकमान्डु