टोकला मसला चिया अब नयाँ प्याकमा



काठमाडौं । टोकला मसला चिया नयाँ प्याकटमा बिक्री वितरण शुरु भएको छ । नेपाल चिया विकास निगमले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण शुरु गरेको हो ।

निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीको दावी छ ।

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि हितकारी मसलाहरुको समीश्रण छ ।


क्लिकमान्डु