नेप्सेमा ८.२४ अंकको करेक्ससन, ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । यो दिनको कारोबारमा नेप्से परिसूचक ८.२४ अंकले करेक्सन देखिएको हो ।

यो दिन ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा ग्रीनलाइफ हाइड्रोपावर, जानकी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माउण्टेन हाइड्रापावर नेपाल लिमिटेडर विशाल बजार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी न्याग्दी ग्रुप पावर, हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतले वृद्धि देखिएको छ ।


क्लिकमान्डु